चन्द्रागिरी नगरपालिका-२ पिपलामोडदेखि भक्तपुरसम्म ऋद्धिसिद्धि यातायातको सेवा शुभारम्भ

चन्द्रागिरी नगरपालिका-२ पिपलामोड बाट भक्तपुरको चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिसम्म बुधबार देखि यातायात सेवा शुभारम्भ गरेको छ।



jibss

सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा पिपलामोडबाट काठमाडौंहुँदै भक्तपुरसम्म ऋद्धिसिद्धि यातायातका ५ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।

च.न.पा २ वडाध्यक्ष भाइकृष्ण तामाङले उद्घाटन गर्दै नियमित यात्रुबस सेवा नपाउँदा लामो समयदेखी हैरानी भोग्दै आएका चन्द्रागिरि नगरपालिका-२ पिपलामोडका स्थानीयहरूले भोग्दै आएको समस्या तत्कालका लागि हल हुने र अपुग भएमा बसको संख्यामा वृद्धि गरिने बताउनु भयो ।