
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित बलम्बु अस्थायी आइसोलेसन सेन्टर स्थगित हुने भएको छ ।
बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड-१९ संक्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुंदा स्वस्थ सामुदायिक अस्पतालमा जेष्ठ ८ गते देखि अक्सिजन सहितको आईसोलेसन सेन्टर १५ बेड शय्याको संचालनमा ल्याएको थियो।
आइसोलेसन सेन्टरमा कोरोना संक्रमितको चाप घटेको भन्दै आषाढ ८ गते बाट आइसोलेसन सेन्टर स्थगित गर्न लागिएको बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिका अध्यक्ष विकाश महर्जनले जान्कारी गराउनु भएको हो।
उहाँले आईसोलेसन सेन्टर संचालन अवधिमा अमुल्य योगदान दिने स्वास्थ्यकर्मी तथा सहयोग प्रदान गर्ने समस्त व्यक्ति /संस्था/ टोल समुह लगायत सम्पूर्ण नगरवासीहरु प्राति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।
यसै गरि चन्द्रागिरि नगरपालिकामा वडा ८- सामुदायिक अस्पताल मातातीर्थ र च.न.पा ३ को नवनिर्मित वडा भवन अवस्थित अस्थायी आईसोलेसन सेन्टर पहिलेनै स्थगित भइसकेको छ ।
साथै चन्द्रागिरि नगरपालिकामा २६८६ जना पुरुष र २१२४ जना महिला गरि कुल ४८१० जना संक्रमित रहेको छ, भने संक्रमित मुक्त ४५५० रहेको छ। हाल सम्म चन्द्रागिरि नगरपालिकामा ६३ जना को मृत्यु भैसकेको छ।