चन्द्रागिरि -१२ बलम्बुमा ५५ वर्षीय केसी मृत फेला

शनिबार चन्द्रागिरिमा एक युवक मृत फेला परेका छन् । चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसीको शव

शनिबार चन्द्रागिरिमा एक युवक मृत फेला परेका छन् । चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसीको आफ्नै कोठामा शव भेटिएको थानकोट प्रहरीले जनाएको छ ।

चन्दागिरि नगरपालिका-१२ मा मृत फेला परेका केसी काठमाडौँको टोखा नगरपालिका-९ का स्थानीय रहेको प्रहरीको भनाइ छ ।

मृतक केसीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ । उनले बढी मदिरा खाने गरेको स्थानीयले बताएका छन्।