चन्द्रागिरि फागुन ६,
चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकको सिफारिसमा चन्द्रागिरी नगरपालिकाको तर्फ बाट यसआर्थिक वर्ष २०७४ /७५ मा योजना संचालन गर्ने गरि पर्यटन प्रबर्द्धन गर्न भ्यु टावर निर्माण हुने भएको छ। भ्यु टावर बने पछि उक्त टावरबाट उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्नुका साथै उपत्यकाको सौन्दर्यसमेत बढाउन सहयोग पुग्ने उदेश्यका साथ् भ्यु टावर निर्माण गर्न लागिएको हो ।
सो कार्य गर्नको लागि आज बिहान चन्द्रागिरी नगरपालिका वडा नं १ मा रहेको इन्द्रदह कालु पांडे समाधिस्थलमा वडा अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा बसेको भेलाले कविराज खड्काको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ ।साथै उक्त क्षेत्रमा रहेका एतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुको पुननिर्माण कार्य अघि बढिरहेको जानकारी समेत दिइएको थियो ।
Leave a Reply
You must be logged in to post a comment.