चन्द्रागिरी नगरपालिका वडा नं १ भुतेवडार धनबास सडक ढलान कार्य हुँदै

चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक वडारे स्थित भुतेवडार धनबास सडकलाई ढलानको लागि सोलिङ्ग गर्ने कार्यको वडाको तर्फबाट अनुगमन गरिएको छ।



jibss

उक्त कार्यको अनुगमन गर्न चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायतको टोलीले अनुगमन गरी कार्य छिटो सक्न निर्देशन समेत दिएका थिए। उक्त सडक सोलिङ्ग गर्नु अगाबै करिब ४०० मिटर जति सडकलाइ डोजर लगाई फराकिलो बनाई ज्यादै उकालो भागको करिव १५० फिट लम्वाई र १२ फिट चौडाई हुने गरि डण्डी सहितको ढलान हुदैछ । वडा कार्यालय बाट रू ३ लाख विनियोजन गरेको रकम बाट ढलान कार्य गर्न लागेको जानकारी वडा अध्यक्ष राजेन्द्र केसीले बताए।