चन्द्रागिरी नगरपालिका वडा नं १ को तीनकन्या देबिस्थान बाटो ढलान गर्ने कार्य सम्पन्न भएको छ ।चन्द्रागिरी नगरपालिका बाट ९ लाख रुपैया रकम बाट पञ्चकन्या ईन्द्रदह सडक उपभोक्ता समिति मार्फत उक्त सडक ढलान कार्य सुरु भएको थियो ।
सडक निर्माण उक्त उपभोक्ता समितिका अध्यक्ष राजु सुवेदी रहेका छन् ।निर्माण सम्पन्न भए पश्चात चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र के सी सहित समाज सेवी कविराज खड्काले उक्त सडक खण्डको आज निरीक्षण गरेका छन्। उनले निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै विकास निर्माणको कार्यमा आफु सधै सबै संग समन्वय गर्दै अघि बढ्ने र आगामी दिनमा पनि सबैको साथ्,सहयोग आवश्यक रहेको बताए ।
फोटो सौजन्य : राजेन्द्र केसी
Leave a Reply
You must be logged in to post a comment.