दहचाेकमा वैशाख १ गते राष्ट्रिय झण्डा दिवस” मनाईयाे

नेपाल र नेपालीहरूलाई एकतामा ल्याउने हाम्रो स्वाभिमान काे प्रतिककाे रूपमा रहेकाे “राष्ट्रिय झण्डा दिवस” मनाईएकाे छ।



jibss

राजधानीकाे दहचाेक स्थित सृजना चाेक देखि खहरे वस पार्क सम्म झण्डा र्‍यालीकाे अायाेजनम गर्दै “राष्ट्रिय झण्डा दिवस”मनाईएकाे हाे ।

२०६८ साल वैशाख १ गते नयाँ वर्षको दिन देखि मनाउँदै आई रहेको “राष्ट्रिय झण्डा दिवस”काे संयाेजन समाज सेवी श्रीकृष्ण भारतीले गर्नु भएको हाे । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसी अगुवाईमा भएकाे साे कार्यक्रममा वाेल्दै वडा अध्यक्ष केसीले सामाजिक सद्भाव,एकता र राष्ट्र र राष्ट्रियता कायम गर्न राष्ट्रिय झण्डा दिवस अत्यन्तै महत्त्वपूर्ण रहेकाे चर्चा गरे । उनले पृथ्वीनारायण शाहाकाे राष्ट्रिय एकता अभियान र दहचाेककाे एेतिहासिक धराेहर वीर सेना नायक कालुपाण्डेकाे समाधी स्थल भएकै कारण त्यस ठाउमा प्रधान मन्त्री खड्ग प्रसाद शर्मा ज्यु वाट झण्डाेतलन गरिएकाे वताए ।कार्यक्रममा वाेल्दै कार्यक्रममा संयाेजक श्री कृष्ण भारतीले सामाजिक सद्भाव र राष्ट्रिय एकता वलियाे र वचिलाे पार्नै सधै बैशाख १ गते घरघर वाट नेपालकाे झण्डा सहित र्‍यालीमा सहभागिता जनाउन अनुराेध गरे ।र्‍यालीमा समाजका लव्धप्रतिष्ठित ब्यक्तित्व, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, श्रीकृष्ण माविका शिक्षक एव विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।उत्त अवसर पारेर वरिष्ठ लोक गायक सर्जक कृष्ण बस्नेत ज्यू को संकलन र गायनमा रहेको राष्ट्रिय गीतको बिमोचन गरि सृजनाचोक देखि पदयात्रा गर्दै खहरेबजार सम्म पदयात्रा गर्दै कोणसभामा परिणत भएको थियाे ।