दहचाेकमा वडा अध्यक्षकाे संयोजकत्वमा वडा स्तरीय बिपत व्यवस्थापन समिति गठन ।

काठमाडौं असार १ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचाेक स्थित वडा स्तरीय बिपत व्यवस्थापन समिति गठन भएकाे छ । वडा अध्यक्ष राजेन्द्र केसीकाे संयोजकत्वमा २१ सदस्य बिपत व्यवस्थापन समिति गठन भएकाे हाे । वडा स्तरमा हुने सम्भावित विपत, दैविक प्रकाेप वाढीपहिराे जस्ता प्राकृतिक प्रकाेप न्युनिकरण गर्ने उदेश्यका साथ वडा स्तरीय बिपत व्यवस्थापन समिति गठन गरिएकाे चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले वताए ।

समितिकाे पहिलाे वैठकले चन्द्रागिरि नगरपालिकालाई दमकल किन्न अनुरोध  गर्ने निर्णय गरेकाे छ । २०७२ साल वैशाख १२ गते गएकाे विनाशकारी भुकम्पकाे शिक्षा लिदै प्राकृतिक प्रकाेप वाट वडालाई कसरी सुरक्षित वनाउन सकिन्छ र त्यसका लागि अावश्यक तालिम वडा स्तरमै मिलाउदै जाने वैठककाे भेलाले निर्णय गरेकाे छ । दहचाेकमा २०७२ सालकाे महाभुकम्पमा ७ जनाकाे ज्यान गएकाे थियाे।