श्रीकृष्ण मावी दहचाेकका बिद्यार्थीहरूलाई चाईना फाउण्डेशनको शैक्षिक सामाग्री सहयोग

काठमाडौ,श्रावण १९।

दहचाेकमा रहेकाे श्री कृष्ण माध्यमिक बिधालयका बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । चाईना फाउण्डेशन र सफा सुनौलो नेपालले एक कार्यक्रमकाे आयाेजनामा बिधालयका बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे हाे ।

प्रदेश नम्बर ३ का सांसद केशव पाेखरेलले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा राज्यले जाेड दिदै आएकाे बताए । उनले समाज समृद्ध हुन र समाजका हरेक विकृति हटाउन र समाजलाई गतिशील प्रदान गर्न शिक्षा महत्त्वपूर्ण पाटाे रहेकाे चर्चा गरे ।

सांसद पाेखरेलले भने ”अब स्कुल जाने भाईबहिनीहरू घरमा बस्नु हुदैन,हामी सवैले र राज्यकाे तर्फवाट पनि अभिभावकत्व ग्रहन गरेरै हजाराै हजार भाईबहिनी स्कुल पुगेका छन् , सामुदायिक बिधालयहरू प्रति बिस्तारै बिस्तारै अभिभावकहरूकाे पनि बिश्वास बढेकाे छ र सामुदायिक स्कुलमा पढ्ने बिद्यार्थीहरूलाई सरकारले सुविधा र हेरक कुरामा प्राथमिकतामा पार्दै गएकाे पनि छ ।”

चाईना फाउण्डेशनकि कन्ट्री डाइरेक्टर झाऊले बिद्यार्थीहरूकाे शिक्षाकाे गुणस्तरीयतामा जाेड पुगाेस र चाईनाकाे जनतावाट नेपालका साना बिद्यार्थीहरूलाई सानाे याेग्दान पुगाेस भने हेतुले कार्यक्रम गर्दै आईरहेकाे बताईन ।

कार्यक्रम चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले शिक्षा जस्तो संवेदनशील कार्यमा सहयाेग गर्ने सहयाेगी संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले दहचाेकका बिद्यार्थीहरूकाे शैक्षिक विकासकोलागि वडा स्तरवाट पनि विभिन्न सहयाेग गर्दै आईरहेकाे जानकारी गराए । सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमालले ग्रामीण भेगका बिद्यार्थीहरूलाई अागामी दिनमा सक्दाे सहयाेग पुर्याउने र शिक्षाकाे विकासका लागि हरेक नागरिकहरूले आआफ्नाे क्षेत्रवाट सहयाेग पुर्याउनु पर्ने धारणा राखे ।

श्रिकृष्ण माध्यमिक बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष शशी कुमार गिरीले गुणस्तरीय शिक्षा प्रदान गर्न सवै निकायकाे अहम् भुमिका र दायित्व रहेकाे बताए । उनले छिटैनै नयाँ भवन वाट स्कुल सञ्चालनकाे तयारी भईरहेकाे र बिधालयलाई अावश्यक फनिर्चर लगायत सामाग्री अावश्यक रहेकाे बताए । कार्यक्रममा पुर्व दहचाेकका गाविस अध्यक्ष हरिशरण थापा,महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्का लगाएतका अन्य लब्धप्रतिष्ठित समाजसेवीहरूको उपस्थित रहेकाे थियाे भने कक्षा १ देखि५ सम्मका विद्यार्थीहरुका लागि ब्याग तथा शैक्षिक सामग्री वितरण गरिएकाे थियाे ।