चन्द्रागिरी नगरपालिका–१ दहचोकमा १ लाख ६७ हजारसहित चार जुवाडे पक्राउ

काठमाण्डौ ,जेष्ठ १५।



jibss

चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चारजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदीलगायत चार जना छन् ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।