चन्द्रागिरी वडा नं १ दहचोकले न्यानो कपडा अन्तर्गत ब्ल्यांकेट वितरण गर्यो

काठमाडौँ, फाल्गुन १२ । चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकले एकल र ज्येष्ठ महिला नागरिकहरुलाई न्यानो कपडा अन्तर्गत ब्ल्यांकेट वितरण गरिएको छ । वडा कार्यलयमा एक कार्यक्रमका बीच न्यानो कपडा अन्तर्गत ब्ल्यांकेट वितरण गरिएको हो।



jibss

वडामा बसोबास गर्ने एकल महिला तथा ६० बर्ष पुरा भएका महिलाहरुलाई न्यानो कपडा अन्तर्गत ब्ल्यांकेट वितरण गरिएको हो। वडा अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उप प्रमुख लिशा नकर्मी रहेकी थिइन भने बिशेष अतिथिको रुपमा पूर्व गाविस अध्यक्ष,वडा सल्लाहकार एवं एमाले नेता हरिशरण थापा वडा सदस्य द्धय मणिराम गिरी, सरस्वती रोका र वडा सचिव दिनेश महर्जनका साथै स्थानीयकोबासी हरुको उपस्थिति रहेको कार्यक्रम संचालन कार्यपालिका सदस्य शान्ता गिरीले गरेकी थिइन। न्यानो कपडा अन्तर्गत ब्ल्यांकेट लिन छुट भएकाहरुलाई आज बाट वितरण गरिने वडा अध्यक्ष राजेन्द्र केसीले जानकारी गराएका छन ।