चन्द्रागिरी १ दहचोकका पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन

काठमाडौं, भाद्र ३। पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ ।रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिएका छन  । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना रिपोट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आइसियुमै उपचार भइरहेको थियो ।घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रुपमा समेत अभिनय गरेका छन् । फिल्म ‘प्रेम युद्ध’ उनले निर्माण गरेको चलचित्र हो ।काठमाडौ चन्दागिरी १ दहचोकका स्थायी बासिन्दा रोक्काका दुई छोरा र दुई श्रीमती छन् । उनले छोरा विजय पनि कलाकारीता क्षेत्रमा छन् । उनको आजै दहचोक स्थित त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको छ ।