ईन्द्रदह स्नान मेला(ईन्द्रजात्रा) प्रारम्भ-यसरी सुरु भयो ईन्द्रजात्रा

काठमान्डौ । आज बर्षा एवं सहकालका देवता ईन्द्र पुजिने जात्रा ईन्द्रजात्रा मेला प्रारम्भ भएको को छ । सोमबार साँझ बाट दिप प्रज्वलन गरी मंगलबार भाद्र शुक्ल पूणिर्माको दिन ईन्द्रदह स्नान मेला(ईन्द्रजात्रा) लाग्ने गर्दछ । चन्द्रागिरी नपा वडा नं. १ दहचोक ईन्द्रस्थान स्थित धार्मिक ऐतिहासिक पुरातात्विक र पर्यटकीय दृष्टिले महत्व बोकेको रमणिय स्थलमा विशेष मेला लाग्दछ ।

मेलामा सहभागी हुन आयोजकले सम्पूर्ण भक्तजनहरु,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू एवं कर्मचारी ,सुरक्षाकर्मीहरू र स्थानीय बिद्यालयका शिक्षक बिद्यार्थीहरू तथा पत्रकार, टेलिभिजन च्यानल लगायतका संघ संस्थाका प्रतिनिधिहरु माझ अनुरोध समेत गरेको छ ।

ईन्द्रदह को बारेमा विभिन्न किवदन्ती पाईन्छ-जसमा एक कथन अनुसार आफ्नो आमालाई काबासी पूजा गर्न स्वर्गमा नपाईने पारिजात फुल टिप्न ईन्द्र धर्तिमा आए। हालको मरुस्थल नजीकको बगैचामा फुल चोर्न लाग्दा ईन्द्रलाई स्थानीय बासिन्दाले पक्रेर बानी राखे।

ईन्द्र नफर्केपछी ईन्द्रमाता आई बिलौना गरिन र बर्षभरि मरेका आत्मालाई स्वर्ग लैजाने र गहु तथा धान पकाउन हुस्सु र कुहिरो पठाईदिने शर्तमा ईन्द्रलाई फर्काईन। बर्षभरि मरेका आत्मा लाइ ईन्द्रदह को पोखरीमा छोडेर ईन्द्र स्वर्ग गए।

यस डाडोलाइ स्वर्ग स्वपान अर्थात स्वर्ग जाने भर्याङ पनि भनिन्छ। यस ठाउमा भाद्र शुक्ल पूर्णिमाको दिन ठुलो मेला लाग्दछ। दहचोक नेपाल पहाडै पहाडले ढाकियको रमणीय स्थल हो। यिनै पहाडहरुमा महाभारत श्रेणीको मध्यभागमा राजधानी काठमाडौ शहरको पश्चिम तर्फ नागार्जुन र चन्द्रागिरीको बिचमा दहचोकको डाडो पर्दछ।

यो समुद्री सतहबाट करीब ६००० फिटको उचाईमा पर्दछ। साबिक दहचोक -६ हाल चन्द्रागिरी नगर पालिका -१ मा पर्ने यस डाडोबाट पवित्र ईन्द्रदह, बासुकी, मनकामना मन्दिर स्थल, श्री ५ पृथ्वी नारायण शाहको प्राचीन गढीहरु, काजी कालू पाँडेको समाधिस्थल, २०५६ सालमा नेकोन एयर को दुर्घटना स्थल, नव निर्मित बिन्ध्यबासिनी मन्दिर, आदिको अवलोकन गर्न पाईन्छ।

यस डाडोबाट देखिने उत्तर तर्फको नील गिरी, धौलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण, मनासलु, गणेश, लाङटाङ, गौरीशंकर, लाक्पादोर्जे जस्ता हीमशिखर हरुका दृश्यले जो कोहीलाई समेत मोहित पार्न सक्छ। त्यस्तै यहाबाट देखिने गोरखा, नुवाकोट, रसुवा, धादिङ,काठमाडौ उपत्यकाको मनोरम दृश्य हेर्न तथा अवलोकन सकिन्छ। त्यसैले आनन्द लिन एक पटक जाने होइन त दहचोक।।