
काठमाडौँ, चैत्र २३ ।चन्द्रागिरि नगरपालिका वडा नं ९ ले राहत वितरण गरेको छ।कोरोना भाईरस (COVID-19) संक्रमणका कारणले लक डाउन भै दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार वाट प्राप्त निर्देशन र चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गरिने निर्णय भएको च.न.पा वडा नं ९ का वडा अध्यक्ष देवेन्द्र महर्जनले जानकारी गराए।
चन्द्रागिरी नगरपालिका वडा नं ९ मछेगाउँमा वडाध्यक्ष देवेन्द्र महर्जन लगायत अन्य जनप्रतिनिधि,वडाका सल्लाहकार,अन्य समाजसेवी तथा स्वयमसेवीहरूको उपस्थितमा राहत बितरण गरिएको थियो।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा नं ९ बसोबास गरि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि लगत फारम संकलन गरिएको थियो ।