चन्द्रागिरिको जलविनायक टोलमा बाटोमा गेट,टहरा बनाई बाटो अबराेध स्थानीय वडाकै पहलमा खाेलिने

राेसन दानी / काठमाडौं । चन्द्रागिरि नगरपालिका – ७ मादेवस्थान स्थित जलविनायक बस्तीमा बाटो विवाद उत्कर्षमा पुगेको छ ।

कविता पौडेल समेत पाँच जनाको नाममा रहेको बाटोमा घनश्याम जोशीले गेट र टहरा निर्माण गरि अवरुद्ध पुर्याएपछि विवाद चुलिएको हो ।

जसका कारण स्थानियहरु आक्रोशित भएकाछन् । कित्ता नम्बर ३३७ महादेवस्थान ८ ख घनश्याम जोशी,कल्पना पौडल समेत पाँच जनाको नाममा स्रेस्ता कायम भएको बाटो घनश्याम जोशीले एकलौटी मिचेर गेट र टहरा निमार्ण भए पछि स्थानियले नगरपालिका र वडा कार्यालयमा समेत बाटो खुलाउन उजुरी समेत दिएका थिए ।

स्थानियहरूले पटक पटक बाटो खुल्लाउनु पर्ने र सार्वजनिक बाटाेमा अनाधिकृत दु:ख दिने नियतले जाेशीले सडककाे विच भागमा बाटाे र पर्खाल,टहरा निर्माण गरि अवराेध सृजना गरेकाे पाईएकाे छ ।             

एक वर्ष पहिलेनै जाेशीले मैले बाटाे समेत एक लाखमा खरिद गरिसके, याे बाटाे हाेईन मेराे जग्गा हाे, भन्दै बाटाे छेकेर पर्खाल र गेट लगाउने र बलमिच्याई प्रवृत्ति देखाउदै आईरहेको स्थानीयहरुको आरोप छ ।

चन्द्रागिरि नगरपालिका – ७ नम्बर वडा कार्यालय महादेवस्थानले नापी कार्यालय कंलकीलाई कित्ता नम्बर ३३७ महादेवस्थान ८ ख घनश्याम जाेशी,कल्पना पाैडल समेत पाँच जनाकाे नाममा स्रेस्ता कायम भएकाे जग्गामा बाटाे प्रयाेजन भनी जनिएकाे साे जग्गामा रहेकाे वाटाेमा बजेट समेत विनियोजन भएकाे र उक्त जग्गा सार्वजनिक वाटाे हाे वा व्यक्तिको जग्गा हाे खुलाई पठाईदिनु भनी पत्र समेत पठाएकाे थियाे ।                                         

उता,मालाेपात कार्यालयकाे प्रतिउत्तरमा भनिएकाे छ, कित्ता नम्बर ३३७ था महादेवस्थान ८ ख घनश्याम जाेशीसमेत ५ जना नाममा स्रेस्ता कायम देखिन्छ । स्रेस्तामा बाटाे प्रयाेजन भनी कैफियत लेखिएकाे देखिन्छ ” भनी २०७७/११/२१ गते पत्रकाे जवाफ समेत प्राप्त भईसकेकाे छ ।

कित्ता नम्बर ३३९ र कित्ता नम्बर ३३८ काे घनश्याम जाेशीकाे जग्गा हाे भने विच बाट बाटाे आफ्नै हाे र पाँच जनाकाे नाममा रहेकाे वाटाे समेत मेराे हाे भनी दावी गरेपछि कित्ता नम्बर १३४१ नम्बरको जग्गामा पर्ने बाटाे समेत जाेशीले गेट र पर्खाल लगाएर अवराेध सृजना गरेकाे पिडित जग्गा धनीले बताए ।                               

मादेवस्थान चन्द्रविनायक बस्तीमा जाने मुख्य सडक देखि कित्ता नम्बर ३४१,३४३,३४०,३४२,३३९,३३८,३३९,७०६,१३४१ समेत रहेकाे बाटाे एकलाैटी पर्खाल र गेट घरटहरा र ईनार समेत बनाई बाटाे अवराेध गरिएकाे छ ।

जाेशीले उच्च अदालत पाटनमा समेत काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका कार्यालय र,वडा कार्यालयका वडा अध्यक्ष शम्भु कुमार केसी,वडा सदस्य उमा थापा समेत १४ जना विरूद्द विपक्षी वनाई मुदा समेत दर्ता गरेका थिए ।                                 

जाेशीले अदालतलाई पत्र लेखी मेराे जग्गा दाताकाे नाममा २९ आना जग्गा रहेको र उक्त जग्गा बिक्री गर्नकाे लागि कि.नं.३३७ काे जग्गा दाताले नै बाटाे प्रयाेजनकाे लागि दिएकाे हाे भनी उल्लेख गरेका छन् ।

सम्मानित न्यायाधीश सुभाष पाैडेल र रेखा थापा पाण्डेकाे रिट निवेदन ०७७-wo-०७२१ काे आदेशले २०७७/९/७ काे उपभोक्ता समितिकाे निर्णय पुस्तिकामा समेत निवेदकले बाटाे,निकास ढल तथा बाटो ढलान गर्नकाे लागि सहमति जनाएको अवस्थामा निवेदकले माग गरेकाे अन्तरिम आदेशकाे सम्बन्धमा प्रस्तुत निवेदनकाे अन्तिम निर्णय हुँदाकाे बखत सम्वाेधन हुने नै हुदा हाललाई निवेदनमा माग बमाेजिम अन्तरिम आदेश जारी गरिरहन पर्ने देखिएन । कानुन बमोजिम गर्नू भनी चैत ५ गते आदेश भईसकेकाे छ ।                               

चन्द्रागिरि नगरपालिकाले समेत सार्वजनिक बाटाे,खाेलानाला, सार्वजनिक सम्पत्तिकाे दुरूपयाेग गरेकाे मिचिएकाे पाईए तुरुन्त भत्काउने र कुनै पनि सिफारिसहरू बन्द गर्न वडाहरूलाई निर्देशन जारी भईसकेको नगरपालिका मेयर घनश्याम गिरीले बताए ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शम्भुकुमार केसीले पटक पटक बाटो खुलाउनु पर्छ एकलौटी तवरले अबरोध खडा गरे वडाले तुरुन्त एक्सनमा जाने भनेर सम्झाउँदा उल्टै अदालतमा मुदा दर्ता गराएर स्थानीय र जनप्रतिनिधिहरूलाई दुख दिने मनसाय व्यक्त गरेको बताए ।

स्थानीयहरूको एउटै माग रहेको छ, ‘सार्वजनिक बाटो खुल्नु पर्छ ,ढल,निकास र बाटो सुचारू हुनु पर्छ र विच बाटोमा लगाईएको गेट भत्काईनु पर्छ ।’