चन्द्रागिरिकी सदिक्षा युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट

1111
राेसन दानी, जेठ २४ काठमाडौं । चन्द्रागिरि १४ कि सदिक्षा नेपाल युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट स्थान हासिल गरेकी छन् ।
युटिसि म्युजिक फिस्ट द्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगितामा सदिक्षाले सर्बोत्कृष्ट स्थान हालिन गर्न सफल भएकी हुन् ।
देशका विभिन्न भागहरूबाट लकडाउनकाे समयमा प्रतिस्पर्धा रहकाेमा सदिक्षा टप टेनमा पर्न सफल भएकी थिईन ।
भाेटिङकाे आधारमा १ हजार ५२ स्काेर प्राप्त गरेकी उनी सर्वाेत्कृष्ट घाेषित भई युटिसि म्युजिक फिस्ट अवार्ड हात पारिन । उनलाई युटिसिकाे ब्रान्ड एमबेस्डर काे रूपमा समेत चयन गरिएकाे छ ।
उक्त प्रतियोगितामा ९१७ स्काेर सहित अार्यान महपत्रा दाेश्राे,विपन क्षेत्री ५१० तेस्राे अनमाेल श्रेष्ठ ४८८ चाैठाे र एनिमेस प्रधान पाँचौ स्थान हासिल गर्न सफल भएका थिए ।