थानकोट-चित्लाङ सडक भोलिबाट बेलुका ८ बजेदेखि बिहान ६ बजे सम्म बन्द हुने

चन्द्रागिरि।

थानकोट-चित्लाङ (गणेशमान सिंह मार्ग) सडक भोलिबाट राती ८ बजे देखि बिहान ६ वजेसम्म बन्द हुने भएको छ ।

सडकमा सवारीसाधनकाे चाप भएकोले जीर्ण भएको सो सडकमा सवारी आवगमनमा ज्यादै असुविधा भएका हुनाले पानीघाट -ठुलोचौर तल्लो मोडसम्म खाल्टा -खुल्टी पुर्ने , नाली सफा गर्ने ,ठाऊ ठाउम ब्रेकर समेत प्रयोग गरी मर्मत गर्नुपर्न भएकोले बन्द हुने भएको हो।

साथै भोलि देखि अर्को सुचना नआएसम्म बन्द रहने सो सडक सरोकार समितीले जनाएको छ ।