चन्द्रागिरि नगरपालिका वडा न. १५ मा राहत वितरणको लागि नामावली संकलन शुरु

चन्द्रागिरि नगरपालिका वडा न.१५ वडा कार्यालयले १५ वडामा बसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति सबैलाई समान प्रकारको राहत उपलब्ध गराउने भएको छ ।

कोभिड १९-को बढ्दो जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन आदेशका कारण दैनिक गुजारामा समेत समस्या सिर्जना भएका विपन्न् अति विपन्न लगायतका व्यक्तिको सूची तयार गर्दै राहत वितरणका लागि नामावली संकलन कार्य शुरु गरिएको वडा न.१५ का वडाअध्यक्ष उतम बहादुर राउतले जानकारी दिनु भयो ।

त्यस्तै लकडाउन को अवधिभर कोहि भोकै बस्नु नपरोस् भन्ने लक्ष्य अनुरुप चन्द्रागिरी नगरपालिकाको कार्यपालिका बैठकले पारित गरेको हो ।