
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र नगरपालिकाले अनुमति प्रदान नगरेका स्थलमा व्यक्ति वा सवारी साधन प्रवेश गरेमा र निषेध गरिएका सार्वजनिक सडक तथा फुटपाथमा सवारी साधन पार्किङ वा व्यापार व्यवसाय वा फोहरमैला गर्ने तथा प्रचलित कानुन विपरितका कार्य गर्नेलाई अनुसूची (१०) बमोजिम जरिवाना गरिने उल्लेख रहेको छ। तर, यहाँ भने उक्त नियम कागजको पानामा मात्र सीमित रहेको छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा ‘एक बसपार्क नीति कार्यान्वयन’ लागु गर्दा लामो दूरीका सवारी साधनहरू बसहरुको पिक एन्ड ड्रप चन्द्रागिरि नगरपालिका हबनै बन्न पुगेको छ । चन्द्रागिरि नगरपालिकाको मुख्य ढुङ्गेअड्डाको ओरालो, नैकापको पेट्रोल पम्प, सतुंगलको विष्णुदेवी पुल सडकमा ओराल्न, चढाउन र पार्किङ गर्ने स्थल बन्न पुगेको हो।
यसै काठमाडौं महानगरपालिकामा फुटपाथ व्यवसायीहरु कारबाही पर्ने दरले फुटपाथ व्यवसायीहरुको पनि चन्द्रागिरि नगरपालिकामा व्यवसाय गर्ने ठाउँ रोजाई बन्न पुगेको छ।
चन्द्रागिरि नगरपालिकाको ढुङ्गेअड्डामा साँझ पख ठेलागाडा, फलफुल साइकल लागएत फुटपाथ व्यवसायीहरु चन्द्रागिरि नगरपालिकाको ऐननै धजी उराउन्दै फुटपाथ व्यवसायीहरुले व्यवसाय गर्दै आएको छन। अनाधिकृत स्थलमा सवारी साधन पार्किङ र अव्यवस्थित फुटपाथ व्यवसायीहरुले गर्दा सवारीसाधन जाम मात्र नभई दुर्घटना पनि बढेको छ।
चन्द्रागिरि नगरपालिकाका सरोकारवालाहरु भने टुलु-टुलु हेर्ने बाहेक यस सन्दर्भमा कुनै चासो दिएको पाइन्दैन। उक्त चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन कागजमा मात्र सीमित रहने देखिएको छ। चन्द्रागिरि नगरपालिकाकाले फुटपाथ व्यवसायीहरुको व्यवस्थापन देखि लिएर सवारीको ओराल्न, चढाउन र पार्किङ व्यवस्थापन गर्नु पर्ने देखिएको छ ।
सवारी जाम र दुर्घटना न्यूनीकरण लागि पनि चन्द्रागिरि नगरपालिकाले ट्राफिक प्रहरीसंग सकार्य गरेर यस बिषयमा छलफल गर्नु पर्ने देखिएको छ ।
काठमाडौं मेयर बालेनको निर्णयले चन्द्रागिरि मेयर घनश्याम गिरिलाइ तनाव
अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरे चन्द्रागिरि नगरपालिकाले १२ हजार सम्म जरिवाना गर्ने