
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिद्वारा राजमार्ग तथा सडक दुर्घटना न्यूनीकरणमा ध्यान आकर्षण केन्द्रित गर्न थालेको छ।
नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय फेस बुक पेज अनुसार आइतबार बसेको बैठकमा चन्द्रागिरि नगरपालिकाको कार्यालयमा नगर प्रमुख घनश्याम गिरी, नगर उप प्रमुख बसन्ती श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेल, प्रहरी उपरीक्षक सन्तोष आचार्य, ट्राफिक प्रभाग नागढुंगा र थानकोटका प्रमुख तथा नगरपालिका वातावरण तथा विपत् शाखाका प्रमुख सहित चन्द्रागिरि नगरपालिका भित्र पर्ने राजमार्ग तथा अन्य मुख्य सडकहरुमा हुने दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन लगायतको विषयमा छलफल भएको थियो ।
चन्द्रागिरि न्युजले यस विषयमा सम्बन्धित समाचार प्रकाशन गरेपछि मेयर गिरिद्वारा राजमार्ग तथा सडक दुर्घटना न्यूनीकरणमा ध्यान आकर्षण केन्द्रित गर्न थालेको छ।
बैठकले तुरुन्तै एउटा कार्यदल गठन गरि बस पकेट, जेब्रा क्रसिङ, ट्राफिक लाईट र पिक एण्ड ड्रपको लागि स्थान पहिचान गर्ने भएको छ।
साथै सार्वजनिक सवारीमा फोहोरदानीको ब्यबस्थापन गराउन पहल गर्ने र गति मापन गर्ने यन्त्र खरिद गरि प्रयोगमा ल्याउने लगायतका विभिन्न बिषयमा निर्णय भएको नगर प्रमुख घनश्याम गिरीको निजी सचिवालय उल्लेख छ ।
काठमाडौं मेयर बालेनको निर्णयले चन्द्रागिरि मेयर घनश्याम गिरिलाइ तनाव