विष्णुदेवी मन्दिरको पता: चोरी

चन्द्रागिरि नगरपालिका वडा नं. १५ बखु स्थित विष्णुदेवी मन्दिरको पता: चोरी भएको छ।

मन्दिर अगाडि रहेको गरूडाको मुर्ति पनि फुटाइएको प्रहरीले जनाएको छ। यस्तै तिन महिना अघि मच्छेनारायण मन्दिरको गरुड नाग (लिपा वा ढकन) पनि चोरी भएको थियो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

मच्छेनारायण मन्दिरको गरुड नाग (लिपा वा ढकन) चोरी