
नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनले गरेको निर्णय अस्वीकार गरेको छ । माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० को कमिटीले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने समयदेखि नै गठबन्धन नभएकाले कात्तिक ११ गतेको गठबन्धनको निर्णय अस्वीकार्य भएको जनाएको छ ।

क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधिसभातर्फ अञ्जना विशंखे, प्रदेशसभा (क) मा दिलीप महर्जन र (ख) मा गणेश बहादुर कुँवर रहेको स्पष्ट गर्दै उम्मेदवारी कायम रहेकाले भ्रममा नपर्न अनुरोध गरेको छ ।
गठबन्धनको निर्णयमा काठमाडौं १० र सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा मित्रवत प्रतिस्पर्धा भनिएपनि (ख) मा भने समाजवादीका रमा आले मगर साझा उम्मेदवार भएको उल्लेख छ ।
सत्ता गठबन्धनभित्रै काठमाडौं–१० मा राजन केसी र अञ्जना विशंखे मित्रवत प्रतिस्पर्धा हुने
माओवादीले नाम झिके संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार





